काठमाडौं, भदौ १४ :

रसुवा-भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ७३५ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ११ बजेसम्म बाढी प्रभावित विभिन्न क्षेत्रबाट २ हजार ७१५ जनाको उद्धार गरिएको छ।

प्रहरीका अनुसार हालसम्म फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २५९ जना छन्। त्यसपछि पूर्वी नवलपरासीमा १८४, पश्चिम नवलपरासीमा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। शव फेला पर्ने 

यस्तै, बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकामध्ये नुवाकोटबाट २ हजार २० जना र रसुवाबाट ६९२ जना रहेका छन्। धादिङबाट तीन जनाको उद्धार गरिएको छ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० जना रहेको प्रहरीले जनाएको छ। बाढी तथा पहिरोका कारण २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। 

बेपत्ताको खोजी तथा उद्धार कार्यका लागि ७ हजार २३३ जना प्रहरी परिचालन गरिएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ।