शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

भोटेकोसी बाढीका कारण हालसम्म ७८८ जनाको शव फेला, २ हजार ७४२ जनाको उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीका कारण हालसम्म ७८८ जनाको शव फेला, २ हजार ७४२ जनाको उद्धार
काठमाडौं, भदौ १४ :

भोटेकोसी बाढीका कारण हालसम्म ७८८ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज साँझसम्म उक्त संख्यामा शव फेला परेको हो । बाढी प्रभावित विभिन्न क्षेत्रबाट २ हजार ७४२ जनाको उद्धार गरिएको पनि जनाइएको छ।

प्रहरीका अनुसार हालसम्म फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २६४ जना छन्। त्यसपछि पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। शव फेला पर्ने क्रम जारी रहेकाले मृतको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

यस्तै, बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकामध्ये नुवाकोटबाट २ हजार २० जना र रसुवाबाट ७१९ जना रहेका छन्। धादिङबाट तीन जनाको उद्धार गरिएको छ।काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० जना रहेको प्रहरीले जनाएको छ। बाढी तथा पहिरोका कारण २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। 

बेपत्ताको खोजी तथा उद्धार कार्यका लागि ७ हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार