शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

भारतीय सुरुङ उद्धार टोलीद्वारा नेपाली सेनासँग मिलेर चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
भारतीय सुरुङ उद्धार टोलीद्वारा नेपाली सेनासँग मिलेर  चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन
काठमाडौं, भदौ १४ :

भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलविद्युत् सुरुङस्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गरेको छ ।

टोलीले नेपाली सेनासँग नजिकको समन्वयमा खोज तथा उद्धार कार्य जारी राख्ने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुगेको थियो ।

त्यस्तै, भारतबाट चौथो उडान ११ टन थप राहत सामग्रीसहित आज काठमाडौँ आइपुगेको छ । उक्त उडानमा राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइसम्बन्धी किटका साथै सुरुङ खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित थप प्राविधिक टोलीसमेत आएको थियो ।

साथै ‘फरेन्सिक’ उपकरणसहित डीएनए विश्लेषणका लागि भारतीय फरेन्सिक विज्ञहरूको टोली पनि आजै नेपाल आइपुगेको छ । भारतका फरेन्सिक टोलीहरूले रसुवा बाढीमा ज्यान गुमाएकाको डिएनए नमुना विश्लेषणको कार्यका लागि नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली विज्ञहरूसँग भेट गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार