शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन

सक्रिय न्युज · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
मानवीय क्षति ९०३, चार हजारभन्दा बढी सम्पर्कविहीन
काठमाडौं, भदौ १५ :

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ ।

उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले करिब चार हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरोमा फसेका हालसम्म १० हजार ४५९ जनाको उद्धार गरिएको  छ ।

प्राधिकरणका अनुसार, नेपाली सेनाले हेलिकप्टरमार्फत तीन हजार ३४४ नेपाली नागरिक र २५२ विदेशी नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । त्यसका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ ।
सरकारले मुख्य प्रभावित रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख नगद राहत सहयोग उपलब्ध गराएको छ । साथै प्रभावित १५ वटा पालिकालाई रु छ करोड ७५ लाख उपलब्ध गराएको जानकारी दिइएको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाउने काम भइरहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार