शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार भिडियो

भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति जगद्गुरु शङ्कराचार्य श्री श्री श्री विधुशेखर भारती महास्वामीजीद्वारा दुःख व्यक्त

बाढीपीडितलाई शृङ्गेरी पीठले राहत उपलब्ध गराउने
· सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिप्रति जगद्गुरु शङ्कराचार्य श्री श्री श्री विधुशेखर भारती महास्वामीजीद्वारा दुःख व्यक्त
काठमाडौं, भदौ १५ :

भोटेकोसी बाढीले पुर्‍याएको क्षतिप्रति दक्षिण भारतस्थित प्रसिद्ध दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठले गहिरो दुःख व्यक्त गरेको छ। पीठका जगद्गुरु शङ्कराचार्य श्री श्री श्री विधुशेखर भारती महास्वामीजीले एक विशेष अनुग्रह सन्देश जारी गर्दै संकटको यस घडीमा बाढीपीडित नेपाली नागरिकका लागि राहत सामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

प्राकृतिक विपत्तिले जनधनको ठूलो क्षति पुर्‍याएपछि शङ्कराचार्यजीले शोकमा परेका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ। यस कठिन परिस्थितिमा पीडितहरूलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै उहाँले श्री शारदा परमेश्वरी, श्री भगवान चन्द्रमौलेश्वर र परमपूज्य गुरुदेव जगद्गुरु श्री श्री भारती तीर्थ जी महाराजको श्रीचरणमा प्रार्थना गर्नुभएको छ।

"नेपालका धार्मिक र सज्जन मानिसहरूले आज ठूलो विपत्तिको सामना गर्नुपरेको छ," सन्देशमा भनिएको छ, "यस्तो कष्टकर समयमा शृङ्गेरी शारदा पीठ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिएको छ।"

प्रभावित क्षेत्रमा खाद्यन्न, लत्ताकपडालगायतका अत्यावश्यक राहत सामग्री छिटोभन्दा छिटो पुर्‍याउनका लागि मठका अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ। नेपाल यो ठूलो संकटबाट छिट्टै मुक्त भई पुनः सामान्य र समृद्ध जीवनतर्फ फर्किने विश्वाससमेत पीठले व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार