शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार भिडियो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस भेटिएनन्,सेनाको उद्धार टोली धुन्चे फर्कियो

सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर खोजी गर्दा पनि कुनै मानिस फेला नपरेको सेनाले जनाएको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस भेटिएनन्,सेनाको उद्धार टोली धुन्चे फर्कियो
रसुवा, भदौ १५ :

भोटेकोसी नदीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि फेला परेनन्। नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित गरिएको विस्तृत खोजीपछि सुरुङभित्र मानवीय उपस्थिति नरहेको निष्कर्ष निकालिएको हो।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको उद्धार टोली खोजीमा परिचालन भएको थियो। टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्नुका साथै ड्रोन उडाएर समेत निरीक्षण गरेको थियो। तर, सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर खोजी गर्दा पनि कुनै मानिस वा मानवीय उपस्थितिको संकेत फेला नपरेको सेनाले जनाएको छ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि नेपाली सेनाको उद्धार टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ। भोटेकोशी नदीमा बाढी आएपछि आयोजनाको सुरुङभित्र मानिस फसेको हुन सक्ने आशंकामा उद्धार टोली परिचालन गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार