शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

भोटेकोसी बाढी प्रभावित क्षेत्रबाट १० हजार ४५१ जनाको उद्धार

चार हजार २४७ जना अझै सम्पर्कविहीन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढी प्रभावित क्षेत्रबाट १० हजार ४५१ जनाको उद्धार
फाइल तस्बिर ।
काठमाडौं, भदौ १५ :

रसुवास्थित भोटेकोसी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले तीन हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको हवाई उद्धार गरेको छ । भदौ १४ गते मात्रै हाइड्रोपावर क्षेत्रबाट १५ चिनियाँ र सात भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ । उद्धार कार्यसँगै प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको खोजीलाई समेत तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन छन् । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरीका सात हजार ८९४, नेपाली सेनाका आठ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार