शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

सक्रिय न्युज · मंगलबार, १६ भदौ, २०८३ मा प्रकाशित
तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार
रुकुम पश्चिम, भदौ १६ :

रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित आज दुई जनालाई बगाएको छ ।

खोलाले बगाएका मोटरसाइकल पछाडि सवार १८ वर्षीय प्रवीण बस्नेतको सकुशल उद्धार गरिएको छ भने मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झवीन्द्र परियारले जानकारी दिए ।

उनका अनुसार खलङ्गाबाट कुनाखेत हुँदै स्यार्पुतालतर्फ जाँदै गरेको रा६प १६१८ नम्बरको मोटरसाइकल तिल्चा खोला पार गर्ने क्रममा एक्कासी चिप्लिएर खोलामा बगेको थियो । मुसिकोट नगरपालिका-४ सोलाबाङ निवासी १८ वर्षीय प्रशान्त सन्यासीले मोटरसाइकल चलाएका जनाउँदै मोटरसाइकलको पछाडि रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ का १८ वर्षीय प्रवीण बस्नेत सवार रहेका उनले बताए।

मोटरसाइकल चिप्लिएपछि चालक सन्यासी र पछाडि सवार बस्नेतलाई खोलाले बगाएको थियो । बस्नेतलाई खोलाको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा फेला परेपछि सकुशल उद्धार गरिएको प्रहरी निरीक्षक परियारले उल्लेख गरे । मोटरसाइकलसहित चालक प्रशान्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार