कात्तिक ५ :

सङ्गीत, सांस्कृतिक सम्पदा र सिर्जनशील बुद्धिमत्ताको आदानप्रदान गर्ने उद्देश्यले विभिन्न २१ मुलुकका सयभन्दा बढी कलाकर्मी काठमाडौँमा भेला हुने भएका छन् ।

‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन नेपालसहित ती मुलुकका विश्वविद्यालयका सङ्गीत, नृत्य, नाट्यकर्मी र कला प्राध्यापक नेपालको राजधानीमा जुट्न लागेका हुन् ।

आज आइतबारदेखि १० दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा कार्यशाला सुरु हुन लागेको हो । नेपाल सङ्गीत विद्यालय ट्रस्टको आयोजनामा हुने कार्यशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्‌घाटन गर्ने तयारी छ ।