सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार

भोटेकोसी बाढीपीडितका लागि जर्मनीद्वारा आठ मिलियन युरो सहयोग

जर्मन सरकारले दिने सहयोग तथा सामग्री युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत नेपाल आउँदैछ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीपीडितका लागि जर्मनीद्वारा आठ मिलियन युरो सहयोग
काठमाडौं, भदौ २५ :

जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आठ मिलियन युरो सहायता गरेको छ । सहकार्य तथा युरोपेली र बहुपक्षीय संयन्त्रमार्फत उक्त सहयोग प्रदान गरिएको यहाँस्थित जर्मनी दूतावासले जनाएको छ ।

जर्मनीले यसअघि पाँच लाख युरो मूल्य बराबरको आपतकालीन सहायता प्रदान गर्ने घोषणा गरेको थियो । नेपाल सरकारको अनुरोधमा भान्साका सामग्रीका सेट, त्रिपाल, लामखुट्टेको जाली, खानेपानी आपूर्तिका उपकरण तथा क्याम्प बेड युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत नेपाल आउँदैछ ।

उक्त राहत सामग्री जर्मन सङ्घीय प्राविधिक राहत निकायका साथै जर्मन लाइफ सेभिङ एसोसिएसन र जर्मनीको थुरिङ्गिया सङ्घीय राज्यले उपलब्ध गराएका हुन् ।

त्यसैगरी, जर्मनीले तत्कालीन मानवीय आवश्यकता सम्बोधन गरिरहेका दुई  संस्थालाई प्रत्यक्ष रूपमा दुई लाख युरो सहयोग प्रदान गरिरहेको छ । एउटा परियोजनाले विपद्बाट प्रभावित गर्भवती महिला, नयाँ आमा तथा नवजात शिशुको स्वास्थ्य र कल्याणमा ध्यान केन्द्रित गर्नेछ ।

यसअन्तर्गत आपतकालीन सामग्री उपलब्ध गराउने, अत्यावश्यक स्वास्थ्य सेवामा पहुँच कायम राख्ने तथा सङ्क्रमण रोकथामलाई सुदृढ गर्ने कार्य समावेश छन् ।

दोस्रो परियोजना युरोपेली सङ्घको मानवीय प्रतिकार्यको एक हिस्सा हुने दूतावासको भनाइ छ । जुन युरोपेली नागरिक सुरक्षा तथा मानवीय सहायता सञ्चालनसम्बन्धी महानिर्देशनालयमार्फत सञ्चालन हुनेछ ।

उक्त परियोजनामार्फत जर्मनीले विपद्बाट प्रभावित घरपरिवारका लागि आयआर्जनका अवसर सिर्जना, पूर्वाधार पुनःस्थापनामा सहयोग पु¥याउन तथा विस्थापित शिविरको अवस्था सुधार गर्न सहयोग गर्ने जनाएको छ ।

विपद्को प्रभाव तत्कालीन आपतकालीन अवस्थाभन्दा परसम्म रहने कुरालाई ध्यानमा राख्दै जर्मनीले आफ्नो विकास सहकार्यअन्तर्गत थप सात दशमलव ३५ मिलियन युरो परिचालन गरेको छ । उक्त रकम जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले उपलब्ध गराउनेछ र कार्यान्वयन जिआइजेडमार्फत गरिनेछ ।

नेपाल सरकारसँगको दीर्घकालीन साझेदारीलाई निरन्तरता दिँदै जिआइजेडले स्वास्थ्य तथा ऊर्जाका क्षेत्रमा सहायता प्रदान गर्नेछ । यसमा अत्यावश्यक स्वास्थ्य सेवा, ऊर्जा तथा पानी आपूर्तिमा पहुँच कायम राख्न विशेष ध्यान दिइनेछ ।

जर्मनीले जलवायु तथा विपद् प्रतिरोधी पूर्वाधारलाई सुदृढ बनाउन तथा भविष्यमा आउने प्राकृतिक विपद्प्रति नेपालको उत्थानशीलता सुधार गर्न नेपालका दीर्घकालीन प्रयासलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार