
काठमाडौं, भदौ २५ :
सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले इन्जिनियर समेत रहेका साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
सांसद साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए। उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो । बालेन शाह नेतृत्वको सरकारको उद्योगमन्त्रीमा योसँगै दुई जना फेरिसकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ आजै साँझ ५:३० बजे हुँदैछ।