बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ भदौ, २०८३ मा प्रकाशित
नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो
काठमाडौं, भदौ २६ :

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढेर दुई हजार ५५९ दशमलव ४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९८ अङ्कले बढेर ४५३ दशमलव ९२ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ८८ अङ्कले बढेर १७५ दशमलव ७० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ४३ अङ्कले बढेर १५३ दशमलव २१ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर रु चार अर्ब ३६ करोड एक लाख ५९ हजार ४८७ मूल्यमा खरिद बिक्री भएको छ । आज सबै उपसमूहको सेयर मूल्य बढेको छ ।

 बैंकिङ शून्य दशमलव ७८, व्यापार एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव शून्य चार, विकास बैंक एक दशमलव शून्य पाँच, हाइड्रोपावर एक दशमलव ८३, वित्त शून्य दशमलव ४६, निर्जीवन बिमा एक दशमल ७२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ९७, जीवन बिमा शून्य दशमलव ९७, लगानी एक दशमलव ५८ र अन्य शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको सेयर मूल्य घट्नुका साथै नौ कम्पनी स्थिर छन् । नेप्सेका अनुसार आज उपकार लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज मल्टिप्रपोज फाइनान्स कम्पनी, इमर्जिङ नेपाल लिमिटेड, ओममेगाश्रीलगायत लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार