
मकवानपुर, असोज ११ :
हेटौडा कुलेखानी सडक खण्ड अन्तर्गत पुरुन्डी बजार छेउमा रुख र पहिरो झरेका कारण सडक अवरुद्ध भएको छ।
नेपाल प्रहरी र सडक विभागको टोलीले बाटो सञ्चालनका लागि प्रयास जारी राखेका छन् । सडकमा रहेको रुख र पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ ।