मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
समाचार

गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुन्छ: गृहमन्त्री गुरुङ

संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ ।
सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुन्छ: गृहमन्त्री गुरुङ
काठमाडौं, असोज २० :

गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने भन्दै उनले त्यस्ता व्याक्तिलाई कानुनको कठघरामा ल्याउने उनले उल्लेख गरेका छन् ।

संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो । दाहालले पदीय आचारणविरुद्धका कार्य गरेको र संवेदनशील सूचना चुहावट गरेको आरोप गृह मन्त्रालयको छ ।

उनले लेखेका छन्, ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु।’

उनले अगाडि लेखेका छन्, ‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन ।यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।’

चुहावटको बिषयमा मन्त्रालयले तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकेको छ।

एआईजी दाहालले निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा विज्ञप्ति जारीमा उल्लेख छ । पदीय आचरणविपरीतको कार्य गरेको भन्दै कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार