मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
समाचार राजनीति

कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु

दिउँसो १२:३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने
सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु
काठमाडौं, असोज २० :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरु भएको छ  ।

यस महाधिवेशनमा कूल सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् ।

पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै दिउँसो १२:३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी सङ्ख्या १४ बाट बढाएर २६ पुर्याएको छ ।

कांग्रेस विधानको नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति सङ्ख्या चार पुगेको छ । महामन्त्रीको सङ्ख्या तीन पु¥याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।
    
त्यस्तै दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यकताका आधारमा सहप्रवक्ताको सङ्ख्या थप हुने पार्टीले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार