शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार भिडियो

बडादसैं सुरु भएसँगै खसीबोकाको खरिद बिक्री बढ्यो

यसवर्ष खाद्यले खसी-च्याङ्ग्रा बिक्री गरेन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ असोज, २०८३ मा प्रकाशित
बडादसैं सुरु भएसँगै खसीबोकाको खरिद बिक्री बढ्यो
काठमाडौं, असोज २९ :

बडादसैं सुरु भएसँगै काठमाडौंका विभिन्न स्थानमा खसी-बोकाको खरिद बिक्री बढेको छ ।

काठमाडौंको कलंकीस्थित खसिबजार, भक्तपुरको सल्लाघारी लगाएतका स्थानमा खसीबोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका साथै बझाङ लगाएतका स्थानबाट पनि खसीबोका च्याङ्ग्रा भित्राइएको छ । 

उपत्यकामा यस बर्ष जिउँदो खसी बोकाको मूल्यमा बृद्धि भएको छ भने च्याङ्ग्राका मूल्यमा भने खासै फरक देखिएको छैन । जिउँदो खसी बोकाको प्रतिकिलो ९ सय देखि ९५० सम्ममा बिक्रीबितरण गरिएको व्यापारीहरुले जनाएका छन् ।

च्याङ्ग्रा प्रतिकिलो १२ सय देखि १३ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने यस वर्ष बजेट अभाव भएकाले दसैँमा खसी–च्याङ्ग्रा बिक्री नगर्ने जनाइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार