शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

प्रधानमन्त्री शाहकी पत्नी सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ असोज, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहकी पत्नी सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
काठमाडौं, असोज २९ :

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा काफ्लेको आज बिहान ४ बजे एपेन्डिसाइटिसको शल्यक्रिया (अपरेसन) गरिएको हो।

उनी पेट दुखेर जँचाउन टिचिङ अस्पताल पुगेकी थिइन् । चिकित्सकले जाँच गर्दा एपेन्डिसाइटिस देखिएपछि अपरेसन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

टिचिङ अस्पतालका वरिष्ठ पेट, कलेजो, तथा पित्तथैली रोग विशेषज्ञ डा. प्रशान वीरसिंह कंसाकार नेतृत्वको टोलीले उनको एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको हो।  चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य स्थिर र सामान्य छ। पत्नीको उपचार गराउन प्रधानमन्त्री शाह पनि अस्पताल पुगेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार