
काठमाण्डौँ , कात्तिक ८ :
विपक्षी दलका नेताहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित दलका नेताहरूले आज अपराह्न ४ बजे राष्ट्रपति पौडेललाई भेट्ने तयारी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सरकारका कामकारबाहीका विषयमा विपक्षी दलहरूले राष्ट्रपति समक्ष ध्यानाकर्षण गराउने जनाइएको छ ।
विपक्षी दलले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण पत्र बुझाएका थिए।