मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
खेलकुद क्रिकेट

एनपीएल : चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित, प्लेअफमा पुग्न भने वञ्चित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ कात्तिक, २०८३ मा प्रकाशित
एनपीएल : चितवन राइनोजविरुद्ध कर्णाली याक्सको जित, प्लेअफमा पुग्न भने वञ्चित
काठमाडौं, कात्तिक २९ :

कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध २४ रनको जित निकालेको छ । यो जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न भने वञ्चित भएको छ ।

उसले यसपटक सात खेलमध्ये चारमा हार तथा तीन खेलमा मात्र जित निकाल्यो । कर्णालीविरुद्ध हारको सामना गरे पनि चितवनले प्लेअफमा स्थान बनाएको छ ।

आज कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । उसका लागि कामिल मिसराले २५, उसमा मिरले अविजित २८, कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमासमेत रन जोड्न सकेनन् ।

बलिङतर्फ कर्णालीका लागि हुसेन तलातले ३, पवन सर्राफ र मार्क वाटले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनायो । उसका लागि हुसेन तलातले अविजित ५१, आरिफुल इस्लामले ३५,, गुलशनकुमार झाले १८ र पवन सर्राफले १५ रन बनाए ।

बलिङतर्फ चितवनका लागि सलाहुद्दीन खान, उसामा मिर र कमल सिंह ऐरीले समान २/२ तथा कप्तान सिकन्दर रजा र रिजन ढकालले १/१ विकेट लिए । आजै अर्को खेल काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच  हुँदैछ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार