मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
समाचार

स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

चिट काटेर सवारीसाधनलाई शोरुमको अवस्थामा फर्काउन विभागमा नै पठाइने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं, मंसिर १ :

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकलविरुद्धको विशेष अभियानलाई तीव्रता दिएको छ ।

रातको समयमा चर्को आवाज निकालेर तीव्र गतिमा मोटरसाइकल चलाउने गरेको सर्वससाधारणको गुनासो बढेपनि ट्राफिक कार्यालयले विशेष अभियानलाई तीव्रता दिएको हो ।

गत बुधबारदेखि मंगलबारसम्मको एक हप्ताको अवधिमा ४ सय १ वटा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए । ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीले यसलाई एउटा अभियानको रूपमा सञ्चालन गरिरहेको उनले बताए । 

स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने सवारीसाधनहरूको जरिवाना यातायात व्यवस्था कार्यालयले गर्ने भएकाले ट्राफिक प्रहरीले चिट काटेर सवारीसाधनलाई नियन्त्रणमा लिई शोरुमको अवस्थामा फर्काउनका लागि विभागमा नै पठाउने गरेको काफ्लेले बताए ।

सडकमा कुनै पनि नागरिकलाई ध्वनि प्रदूषणका कारण दुर्घटना वा स्वास्थ्यमा कुनै जोखिम नहोस् र अनावश्यक रूपमा ध्वनि प्रदूषण खेप्नु नपरोस् भन्ने उदेश्यले विशेष अभियानलाई तीव्रता दिइएको ट्राफिक कार्यालयले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार