मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
समाचार

राजनीतिक संस्थाको जिम्मेवारी त्याग्न एनआरएनए पदाधिकारीलाई सात दिनको अल्टिमेटम

संघको विधानले एनआरएनएलाई गैरराजनीतिक संस्थाका रूपमा परिभाषित गरेको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
राजनीतिक संस्थाको जिम्मेवारी त्याग्न एनआरएनए पदाधिकारीलाई सात दिनको अल्टिमेटम
काठमाडौं, मंसिर १ :

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजनीतिक उद्देश्य भएका संस्था तथा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यका रूपमा आबद्ध आफ्ना पदाधिकारी तथा सदस्यलाई सात दिनभित्र त्यस्तो जिम्मेवारी त्याग्न निर्देशन दिएको छ।

संघका महासचिव चिरञ्जीवी खड्काले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यलाई परिपत्र जारी गर्दै राजनीतिक संस्थामा रहेको पद वा सदस्यता त्याग्न निर्देशन दिएका हुन्।

संघका केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी तथा कार्यकारी सदस्यका रूपमा आबद्ध रहेको भन्दै उजुरी तथा गुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको परिपत्रमा उल्लेख छ।

गत असोज १८ र १९ गते (अक्टोबर ४ र ५, २०२६) सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा यस विषयमा छलफल भएको थियो। बैठकले संघको विधानअनुसार गैरराजनीतिक पहिचान कायम राख्ने निर्णय गरेपछि परिपत्र जारी गरिएको जनाइएको छ।

संघको विधान, २००३ (सन् २०२६ को संशोधनसहित) ले एनआरएनएलाई गैरराजनीतिक संस्थाका रूपमा परिभाषित गरेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्दै राजनीतिक उद्देश्य भएका संस्था तथा संगठनमा पदाधिकारी वा कार्यकारी सदस्यको जिम्मेवारी नलिन संघले निर्देशन दिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार