बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो#नेपालको ऋण#कडा कानुन बनाउने#दसौँ राष्ट्रिय खेलकुद#हेलिसा गुरुङ#बागमतीको विजयी #घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला#हिमतालको जोखिम#हिमाली समुदायको संरक्षण#नागरिक लगानी कोष#पर्वतकुमार कार्की#नेप्से परिसूचक#सामान्य अङ्कले बढ्यो#नेपालको ऋण#कडा कानुन बनाउने#दसौँ राष्ट्रिय खेलकुद#हेलिसा गुरुङ#बागमतीको विजयी
अर्थतन्त्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं, मंसिर ९ :

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य  अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६ अङ्कले बढेर दुई हजार ६४७ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०६ अङ्कले बढेर ४८४ दशमलव ४५ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५८ अङ्कले बढेर १८४ दशमलव ४८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५९ अङ्कले बढेर १६४  दशमलव ५४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर रु  छ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये तीन उपसमूह बढ्यो भने १० उपसमूह घट्यो । आज १७० कम्पनीको शेयर बढ्यो भने  १०१ कम्पनीको शेयर घट्यो । त्यसैगरी आठ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार मुक्तिनाथ कृषि कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, कालिका लघुवित्त कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी उन्नति सहकार्य लघुवित्त संस्था, लक्ष्मी भ्यालु फण्ड र ओम मेगा फर्मासिटिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार