शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

बागमतीका तीन जिल्लामा गाँजाखेतीविरुद्ध प्रहरी अभियान तीव्र

गाँजा फडानी गर्न तीन जिल्लामा ९५ जना प्रहरी परिचालन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १७ मिनेट अगाडि प्रकाशित
बागमतीका तीन जिल्लामा गाँजाखेतीविरुद्ध प्रहरी अभियान तीव्र
फाइल तस्वीर ।
मकवानपुर, मंसिर ११ :

बागमती प्रदेशका मकवानपुर, धादिङ र सिन्धुलीमा प्रहरीले आठ बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद धमलाका अनुसार मङ्सिर १ देखि ८ गतेसम्म मकवानपुरमा पाँच बिघा, धादिङमा दुई बिघा १२ कट्ठा र सिन्धुलीमा १३ कट्ठामा लगाइएको गाँजाखेती फडानी गरिएको हो ।

लागुऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अनुसार चाडपर्वपछि लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिइएको प्रवक्ता धमलाले बताए । गाँजा फडानी गर्न तीन जिल्लामा ९५ जना प्रहरी परिचालन भएका थिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार