
प्रमको पेजबाट
काठमाडौँ, साउन २१ :
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सुबिधासम्पन्न क्रिकेट रंगशाला बनाउने आफ्नो प्राथमिकता भएको उल्लेख गर्नुभएको छ ।
आज नेपाल क्रिकेट संघको पदाधिकारीहरुसँग भेटेपछि समाजिक सञ्जालमा प्रधामन्त्रीले आफूलाई एउटा गतिलो रंगशाला बनाउनुपर्यो भन्ने धेरै जनाले सुझाव दिनुभएको र मन्त्रिपरिषदको पहिलो बैठकले पनि सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने भनी निर्णय गरेको कुरा लेख्नुभएको छ।
क्यानका पदाधिकारीहरु चतुरबहादुर चन्द र पारस खड्कासहितको प्रतिनिधिहरुसँग प्रधानमन्त्रीले यस्तो अनुभव र प्रतिवद्धता साँट्नुभएको हो ।