
काठमाण्डौं, कात्तिक १२ :
दशरथ रंगशालामा जारी साफ महिला च्लेयाम्पियनसिपको सेमिफाईनल खेल भईरहदा नेपालको खेलाडी रेखा पौडेललाई दोस्रो पहेलो कार्ड देखाएपछि दर्शकहरुले पानीको बोतल फालेपछि सुरक्षाका कारण देखाएर खेल रोकिएको छ ।
खेलको दोस्रो हाफमा दोस्रो हाफको खेलको सरुरुमा नै दोस्रो पहेलो कार्ड दिएको थियो।
सुरक्षा व्यवस्था कडा पारिएपछि खेल सुरु गर्ने तयारी गरिएको छ ।
दुई वटा पहेँलो कार्डसँगै रेड कार्ड पाएकी रेखा बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित भएको छ ।