काठमाण्डौँ , कात्तिक १४ :

आईसीसी विश्वकप क्रिकेट लिग- टु मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा ९ बजे शुरु हुनेछ ।

यसअघि आइतबार भएको शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।

लिग- टु मा नेपाल ९ खेलमा एकमा जीतसहित तीन अङ्कका साथ तालिकाको सातौँ स्थानमा रहेको छ ।

स्कटल्याण्ड ८ खेलमा ११ अङ्कसाथ चौथो स्थानमा छ । लिग- टु को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । 

नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग- टु खेलिरहेका छन् ।

अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ ।