काठमाण्डौँ , कात्तिक २३ :

यूएईमा आरी आईसीसी यू- १९ महिला टी- २० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ ।

खेल दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । 

शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू- १९ महिला टी२० विश्वकपमा छनोट हुनेछ ।