
काठमाण्डौं, कात्तिक २९ :
आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आजको अन्तिम खेलमा घरेलु टोली युएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको छ ।
युएईका लागि समैरा धरनीधर्काले सर्वाधिक ३१ रन बनाए भने रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०/१० रन बनाउन सफल भए ।
बलिङमा नेपालकी कृष्णा गुरुङले चार विकेट लियो भने रिया शर्मा र सिमा केसीले दुई दुई र रचनाकुमारी चौधरीले एक विकेट लिए ।