शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश मधेस प्रदेश

सप्तरीमा १७ क्विन्टल गाँजासहित एक जना पक्राउ

· मंगलबार, ५ मंसिर, २०८१ मा प्रकाशित
सप्तरीमा १७ क्विन्टल गाँजासहित एक जना पक्राउ
सप्तरी, मंसिर ५ :

सप्तरीको राजगढ गाउँपालिका- ४ बाट १७ क्विन्टल ३६ किला गाँजासहित एक जना पक्राउ परेका छन् ।

बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका- ४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयले टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । प्रहरीले टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका- ३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ गरेको छ।

उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले आज अदालतसँग अनुमति लिने जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार