बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
समाचार अर्थतन्त्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

· बुधबार, ६ मंसिर, २०८१ मा प्रकाशित
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाण्डौँ , मंसिर ६ :

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ ।

आज नेप्से परिसूचक नौ दशमलव ०९ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५ बिन्दुमा कायम भएको हो ।

आज तीन सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर ७४ हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा रु सात अर्ब नौ करोड २८ लाख ७९ हजार नौ सय ४६ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव १८, निर्जीवन बिमा शून्य दशमलव २१ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ । वित्त एक दशमलव ६६, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् एक दशमलव २८, लगानी शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फण्ड शून्य दशमलव ३८ र व्यापार समूह शून्य दशमलव २७ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाईड्रोडेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु ३२ करोड ८१ लाख ९० हजार दुई सय ५९ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सात लाख ६४ हजार पाँच सय १९ कित्ता शेयर किनबेच भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार