बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
समाचार अर्थतन्त्र

यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर

· शनिबार, ९ मंसिर, २०८१ मा प्रकाशित
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर
काठमाण्डौँ , मंसिर ९ :

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । 

केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । 

कुवेती दिनार, थाई भाटलगायतको भने मूल्य बढेको छ ।
 
आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५  रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । 

यस्तै, युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा कायम भएको छ ।
 
पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कले स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५  पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ ।
 
आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा तथा बिक्री दर ९६ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३  पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैङ्कले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार