काठमाडौँ, साउन २४ :

बुधबार सेयर बजार १०८ अंकले बढेको छ । आज नेप्से सूचक १०८ दशमलव ३५ अंकले बढ्दै २७ हजार ५९ दशमलव ६७ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज कारोबार रकम भने घटेको छ । आज १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ३ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।