
काठमाण्डौँ , मंसिर २६ :
आज भएको दोस्रो खेलमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।
५ खेलमा ३ खेल जितेको कर्णाली ६ अङ्क जोडेर चौथो स्थानमै छ । कर्णालीले यो जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।
सुदूरपश्चिम रोएल्स र चितवन राइनोजको पनि समान ६ अङ्क भएपनि कर्णाली नेटरनरेटमा पछि छ । पोखराको भने चार खेलमा यो तेस्रो हार हो । चार खेलबाट पोखराको खातामा २ अङ्क मात्र छ ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।