
काठमाण्डौँ , मंसिर २८ :
नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स विरुद्ध पहिले पहिले ब्याटिङ गर्ने भएको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
पोखरा र विराटनगर दुवै टोली पछिल्लो खेलमा हार व्यहोरेर कमब्याकको लक्ष्यसहित आएका छन् । अंक तालिकामा दुवै टोलीको अवस्था समान छ ।