काठमाण्डौँ , मंसिर २९ :

लेजेण्डरी क्रिकेटर वेष्टइण्डिजका पूर्व कप्तान ब्रायन लारा काठमाण्डौँ आएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानको निमन्त्रणामा लारा आज बिहान नेपाल आएका हुन्। 

विमानस्थलमा उनलाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

लाराले जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीहरूसँग पनि साक्षात्कार गर्ने क्यानले जनाएको छ।