काठमाडौँ, साउन २६ :

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार एक सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । विहीबार प्रतितोला एक हजार छ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ३० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।