
हेटौँडा, पुस १९ :
बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाण्डौँको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुँदै छ ।
यो खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ ।
यसअघि बुधबार हेटौँडा- ५ स्थित पिप्ले- क्याम्पा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २- १ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन् । उपाधि विजेता टोलीले दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले एक लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।