
काठमाडौँ, साउन २८ :
आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य शुक्रबारको तुलनामा १० रुपैयाँले घटेर १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।