बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार विदेश

युक्रेनले भन्यो- रुसी गोलाबारीमा १३ सर्वसाधारणको मृत्यु

· बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
युक्रेनले भन्यो- रुसी गोलाबारीमा १३ सर्वसाधारणको मृत्यु
काठमाडौं, पुस २६ :

दक्षिणी युक्रेनी सहर जापोरिजियाका अधिकारीहरूले रुसी गोलाबारीमा १३ जनाको मृत्यु भएको जनाएका छन् । उनीहरुले अरु ३२ जना घाइते भएको दाबीसमेत गरेको बीबीसीले समाचारमा जनाएको छ ।

‘रूसले दिउँसो सहरमा आक्रमण गर्‍यो । दुई निर्देशित हवाई बम आवासीय भवनहरूमा खसे,’ क्षेत्रीय प्रमुख इभान फेडोरोभले भने ।

बाहिर आएको फुटेजमा एउटा भवनमा आगो लागेको र केही सवारीसाधन जलिरहेको देखिन्छ ।

युक्रेनी राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग रुसमाथि ‘आतंकवाद’ विरुद्ध दबाब दिन अपिल गरेका छन् ।

रुसी सेनाले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।

बम विस्फोट भएको क्षेत्र बाहिरबाट एक भिडियो सन्देशमा फेडोरोभले भने कि रूसले बुधबार दिउँसो ४ बजे (युक्रेनी समय) बम विस्फोट सुरु गरेको थियो ।

उनले भने- आवासीय भवनहरूलाई दुई निर्देशित बमले लक्षित गरिएको थियो । यसअघि उनले ‘दुई औद्योगिक एकाइहरू’ लाई लक्षित गरिएको बताएका थिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार