मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार प्रदेश कोसी प्रदेश

आगामी वैशाखमा लगानी सम्मेलन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

· बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
आगामी वैशाखमा लगानी सम्मेलन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
मोरङ, पुस २६ :

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।

प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने, कानुन, सोही समितिमा परिमार्जित मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरिएको उनले बताए ।

अन्य निर्णयमा कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने आजको बैठकले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार