काठमाडौं, पुस २७ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आइतबार मात्रै काठमाडौ जिल्ला अदालत उपस्थित हुने भएका छन् ।

हिजो धरौटीमा रिहा भएका लामिछाने सडक मार्ग हुँदै आउँदा ढिलो हुने भएपछि आइतबार मात्रै अदालतमा हाजिर हुने लामिछानेको सचिवालयले जनाइएको छ् ।लामिछाने केही साथीहरुसँग हवाईमार्ग हुँदै काठमाडौं आउने तयारीमा थिए तर पार्टीका अन्य नेता तथा कार्यकर्ता पनि सँगै आउने भएपछि उनी पनि सडक मार्ग हुँदै आएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा  ८४ दिनसम्म कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार बेलुका रिहा भएका हुन्।

लामिछाने आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने तयारी थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर रिहा भए पनि काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा पनि मुद्दा चलेकाले लामिछाने काठमाडाैंमाा हाजिर हुनुपर्ने भएको हो। सहकारीको  रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध विभिन्न जिल्लामा मुद्दा परेको छ ।