बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कुलमान घिसिङले स्पष्टीकरणकाे बदलामा कार्यसम्पादन विवरण बुझाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ पुस, २०८१ मा प्रकाशित
कुलमान घिसिङले स्पष्टीकरणकाे बदलामा कार्यसम्पादन विवरण बुझाए
काठमाडौं, पुस २७ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोधेकाे स्पष्टीकरणकाे बदलामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयमा कार्यसम्पादन विवरण बु्झाएका छन् । 

घिसिङले स्पष्टीकरण पेश गर्न पाएको एक साताको समयावधि भन्दा तीन दिनअघि नै कार्यसम्पादनको विवरण मन्त्रालयलाई दिएका हुन् । घिसिङले बुझाएको आफ्नो कार्यसम्पादन विवरणमा ९८‍‍.९९ प्रतिशत अंक दाबी गरेका छन्।

सरकारले सोधेका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र आफ्नो कार्यसम्पादन मूल्यांकनसमेत समयमा नबुझाएको आरोपसहित अब ‘तपाईंको नियुक्ति नै अन्त्य किन नगर्ने’ भन्दै एक साताको म्याद दिएर घिसिङलाई पत्र काटिएको थियो ।ऊर्जामन्त्री  खड्काले गत आइतबार ९ बुँदे स्पष्टीकरण सोधेका थिए । 

आफूसँग गरिएको कार्यसम्पादन करारअनुरुप पदबाट हटाउने तयारी सरकारले गरेको घिसिङकाे बुझाइछ । गत २०७८ साउन २५ को मन्त्रिपरिषद् निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो । 
 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार