बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

राप्रपाकाे जलपानमा नेताहरु काे-काे पुगे?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ पुस, २०८१ मा प्रकाशित
राप्रपाकाे जलपानमा नेताहरु काे-काे पुगे?
काठमाडाैं, पुस २८ :

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ। 

सो कार्यक्रममा सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पराष्ट्र मन्त्री आरजु राणा लगायत विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन्।राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायत पार्टीका नेताहरुले अतिथिहरुकाे स्वागत गरेका छन् ।नेताहरु पुग्ने र फर्कने क्रम जारी रहेकाे छ ।

राप्रपाले जलपानमा सरिक हुन प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न पेसागत संघसंस्थाका प्रमुखहरू, कलाकार, खेलाडी लगायत सबैलाई निम्तो गरेको छ ।

चियापान कार्यक्रम गर्नुअघि पार्टीले दरबारमार्ग स्थित महेन्द्र सालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको सालिकसम्म राष्ट्रिय एकता ऱ्याली गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार