काठमाडाैं, पुस २८ :
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् अधिवेशन चाँडै नै सुरु हुने बताएका छन् ।
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदैै सभामुख घिमिरेले संसद् चाँडै सुरु हुने बताएका हुन् ।
गत भदौ ३१ गते संसद्को बर्खे अधिवेशन अन्त्य भएको पनि चार महिना बित्न लागिसक्याे । चार महिना बित्न लागिसक्दा पनि सरकारले संसद् अधिवेशन बोलाउने निर्णय गरेको छैन । संसद डाक्ने विषयमा सभामुख र दलहरुबीच पनि संवाद हुन सकिरहेकाे छैन ।
सरकार अहिले नै सदन खोल्नेतर्फ ध्यान नदिएर अध्यादेशमार्फत धमाधम कानुन संशोधन गर्ने कार्यमा व्यस्त छ । लामो समयसम्म अधिवेशन नबोलाउँदा दलहरु सत्तापक्षसँग रुष्ट छन् ।