
काठमाडौँ, साउन २९ :
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद बिक्री दर स्थिर रहेको छ।
अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा रहेको छ।
त्यसैगरी सोमबार युरो घट्दा बेलायती पाउण्डको विनिमयदर बढेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर भने बढेको छ।
युरो एकको खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्री दर १४६ रुपैयाँ ९८ पैसा रहेको छ।