काठमाण्डौं, पुस २९ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा हाजिर भएका हुन् । आजै थुनछेकको बहस हुने बताइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनी यही पुस २५ गते  धरौटीमा रिहा भएका  थिए । लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिए पनि काठमाडौँ आउन ढिला भएकोले आज अदालतमा हाजिर भएका हुन् ।