बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार विदेश

लस एन्जलसको डढेलो : अझै नियन्त्रणमा आएन, मृतकको संख्या १६ पुग्यो

· आइतबार, २९ पुस, २०८१ मा प्रकाशित
लस एन्जलसको डढेलो : अझै नियन्त्रणमा आएन, मृतकको संख्या १६ पुग्यो
आगो नियन्त्रणका लागि निरन्तर प्रयासमा रहेका अग्निनियन्त्रकहरु । तस्बिर : गेटी इमेज
काठमाडौं, पुस २९ :

अमेरिकाको लस एन्जलसमा भएको डढेलोमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । यहाँको मेडिकल परीक्षकको कार्यालयले यसको पुष्टि गरेको छ ।

इटन आगलागीमा ११ जनाको मृत्यु भयो भने प्यालिसेड्स आगलागीमा अन्य पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अधिकारीहरूले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाएका छन् ।

पालिसेड्समा लागेको डढेलोले लगभग २१ हजार एकड क्षेत्रफललाई असर गरेको छ । अहिलेसम्म, अग्निनियन्त्रकहरूले यहाँ लगभग ८ प्रतिशत आगो नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट इटन दोस्रो सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ आगलागीबाट करिब १४ हजार एकड क्षेत्रफल नष्ट भएको छ ।

लस एन्जलसका आगलागी भएका क्षेत्रहरूमा पालिसेड्स, इटन, हर्स्ट, लिडिया, आर्चर र केनेथ पर्छन् । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार