
काठमाडौं, माघ १ :
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुकुमार घिमिरेको अध्यक्षतामा गैंडाकोट नवलपरासीमा सोमबार वार्षिक साधारणसभा भएको हो ।
संस्थाका कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गरेकी थिइन् ।
साधारणसभाले आव ०८०/८१ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिसनसम्बन्धी प्रस्ताव र आगामी आव ०८१/८२ का लागि लेखारीक्षकको नियुक्तिसम्बन्धी प्रस्ताव पारित गरेको छ ।