बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

मधेश केन्द्रित मोर्चा गठनका लागि कार्यदलको पहिलो बैठक बस्दै

· मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
काठमाडौँ, माघ २ :

मधेश केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्न बनाएको कार्यदलको पहिलो बैठक आज बस्दैछ । 

बैठक बिहान ११ बजे काठमाडौँको धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बस्ने छ ।

बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने तय भएको छ ।

बैठकमा जसपा नेपालको तर्फबाट कार्यदलका संयोजक रहेका उपाध्यक्ष राजकिशोर यादव, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, कार्यदलका सदस्य एवं महासचिव इस्तियाक राई, लोसपा नेपालको तर्फबाट कार्यदलका संयोजक एवं उपाध्यक्ष जितेन्द्र सोनल एवं कार्यदलका सदस्य समेत रहेका महासचिव डासुरेन्द्र झा सहभागी हुनेछन् ।

त्यस्तै, जनमत पार्टीका तर्फबाट कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष अब्दुल खान, कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा शरद यादव, जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष डा. शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल पनि बैठकमा रहने बताइएको छ ।

मधेश केन्द्रित मुद्दाहरूमा एकजुट भई राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले कार्यदल गठन गरिएको कार्यदलका संयोजक राजकिशोर यादवले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार