मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार प्रदेश गण्डकी प्रदेश

वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम 

· बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम 
म्याग्दी, माघ ३ :

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । 

वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल हुन् ।

दामोदरकुण्डबाटस सुरु भई वारागुङ मुक्तिक्षेत्रको कागबेनी हुँदै बग्ने कालीगण्डकी देवघाटमा पुगेर त्रिशूलीसँग मिसिएर नारायणी बनेको छ । दुईवटा स्थानीय तहले धार्मिक भगिनी सम्बन्ध कायम गरेका हुन् । 

असल अभ्यास आदानप्रदानका साथै मुक्तिनाथ, कागबेनी र देवघाटको धार्मिक सम्बन्धलाई थप मजबुद बनाउन भगिनी सम्बन्धले मद्दत गर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए ।

कृषि, पर्यटन, सुशासन, पूर्वाधार विकासका क्षेत्रमा भएका असल अभ्यास आदान र अध्ययन अवलोकनका लागि देवघाट पुगेका वारागुङ मुक्तिक्षेत्र र देवघाटका जनप्रतिनिधिबीच धार्मिक भगिनी सम्बन्धको प्रस्ताव पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।

प्रस्तावना पत्रमा देवघाटका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोविन्द पौडेल र वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, उपाध्यक्ष दिकी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार